June 13, 2026

बिर्तामोडमा द एज ब्यान्डले माघ ९ गते सांगितीक प्रस्तुती दिँदै

0

बिर्तामोड ।

झापाको बिर्तामोडमा द एज ब्यान्ड आउने भएको छ । माघ ९ गते हुने सांगितीक माहोलमा युवा पुस्ताको आकर्षण देखिएको छ ।

पप संगीतमा चर्चित पुरानो ब्यान्डमध्ये एक द एज ब्यान्ड रक पप ब्यान्ड हो। ब्यान्डको नचाहेको होइन तिमीलाई, सम्झिने मुटु रेट्न पाए हुन्थ्योजस्ता गीत हालसम्म पनि युवामाझ चर्चित छन् । यो ब्यान्ड आजसम्म आफ्ना गीतसंगीत र कन्सर्टमार्फत दर्शकको मनमा राज गर्न सफल भइरहेको छ। यसैक्रममा बिर्तामोडस्थित धर्मकाँटा रोड लोटस् होटल अगाडी हुने सांगितीक प्रस्तुतीका लागि तयारी तिब्र बनाइएको छ ।

देश तथा विदेशका विभिन्न स्थानमा कन्सर्ट गर्ने योजना ब्यान्डले पूर्वमा आफ्नो माहोल बनाउन लागेको हो । मेरो आँसु, नचाहेको होइन्, सम्झने मुटु, थाहा छैन, तिम्रो याद, कसरी, नछोड्नु यो साथ, यो साथजस्ता करिब दुई दर्जन चर्चित गीत सार्वजनिक गरेको ब्यान्डले पूर्वदेखि पश्चिमसम्म झापा,बुटवल भैरहवा, धरान, पोखरा स्याङ्जा, इटहरीजस्ता स्थानमा कन्सर्ट गरिसकेको छ।

दर्शकलाई आफ्नो गीत संगीत र कन्सर्टमार्फत मन्त्रमूग्ध बनाइरहेको ब्यान्डले यस पटक बिर्तामोडमा सांगितीक माहोललाई अझ तताउने अपेक्षा गरिएको छ । यसैबीच बिर्तामोडमा नै द एज ब्यान्ड आउने भएकाले टिकट खरिद गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेको छ । सांगितीक प्रस्तुतीबाट संकलन भएको रकम मध्ये ३० प्रतिशत रकम असाय बालबालिकाको क्षेत्रमा खर्च गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *