April 29, 2026

लागू औषध मुद्दाका फरार प्रतिवादी दमकबाट पक्राउ

0

झापा।

लागू औषध मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको फैसला अनुसार ३ महिना २१ दिन बाँकी कैद सजाय भोग्नुपर्ने दमक नगरपालिका–८ का २९ वर्षीय रुपेश पौडेललाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पौडेललाई मिति आज दिउँसो दमक नगरपालिका–६ स्थित पूर्व बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *