April 29, 2026

वर्ल्डलिङ्क कम्युनिकेशन बिर्तामोडद्वारा निःशुल्क चिया वितरण कार्यक्रम

0

बिर्तामोड, वर्ल्डलिंक कम्युनिकेशन्स लि. बिर्तामोड शाखाको आयोजनामा आज बिर्तामोड ३ बिर्ताबजारमा निःशुल्क चिया वितरण कार्यक्रम सम्पन्न भएको छ। ग्राहक तथा स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय संख्यामा सेवाग्राहीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सेवाग्राहीसँग आत्मीय सम्बन्ध मजबुत बनाउनुका साथै समुदायप्रति कम्पनीको सामाजिक उत्तरदायित्व अभिव्यक्त गर्नु रहेको आयोजकले जनाएका छन्। चिया वितरणका क्रममा वर्ल्डलिङ्कका प्रतिनिधिहरूले इन्टरनेट सेवासम्बन्धी जानकारीसमेत प्रदान गरेका थिए।

स्थानीय बासिन्दाहरूले वर्ल्डलिङ्कको यस पहलको प्रशंसा गर्दै यस्ता सामाजिक गतिविधिले सेवाप्रदायक र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *