April 29, 2026

शैक्षिक भ्रमणको बस दुर्घटना : चालकको मृत्यु, २७ घाइतेमध्ये २ जनाको उपचार जारी

0

झापा । धनकुटामा दुई दिनअघि भएको शैक्षिक भ्रमणको बस दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका थिए, जसमा २५ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्तीमा तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको शैक्षिक भ्रमण बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालक सुनसरी रामधुनी नगरपालिका–१ का ६० वर्षीय भुवन चौधरी गम्भीर घाइते भएका थिए। चौधरीको उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो। तर , गम्भीर अवस्थामै रहेका उनको आज मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।

दुर्घटनाग्रस्त बस को १ ख ५३१३ नम्बरको पिंक लोटस इङ्लिस बोर्डिङ स्कुल ९रामधुनी–५, सुनसरी० को शैक्षिक भ्रमण टोली लिएर फर्किरहेका बेला दुर्घटना भएको हो।

दुर्घटनापछि उद्धार गरिएका २७ जनामध्ये २५ जना डिस्चार्ज भइसकेका छन्। हाल २ जना विद्यार्थीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *