September 18, 2026

मानवसेवा आश्रममा आश्रितमध्ये ८० प्रतिशत मानसिक समस्याबाट ग्रस्त

0

काठमाडौँ ।

मानवसेवा आश्रममा आश्रय लिइरहेका सहयोगापेक्षी व्यक्तिहरूको अवस्थामाथि गरिएको आन्तरिक अध्ययनले गम्भीर स्वास्थ्य र मानसिक समस्याको चित्र प्रस्तुत गरेको छ।

आश्रमले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल आश्रितमध्ये करिब ७५–८० प्रतिशत व्यक्ति विभिन्न प्रकारका मानसिक समस्याबाट पीडित रहेको पाइएको छ। विशेषगरी, २.३० प्रतिशत आश्रित मदिरा सेवनका कारण समस्या भोगिरहेका छन् भने २.६० प्रतिशत अन्य नशालु पदार्थको सेवनबाट प्रभावित रहेका छन्।

सडकमा बेवारिसे अवस्थामा पुगेका मानिसहरूको मुख्य कारणमा आर्थिक विपन्नता, पारिवारिक असहयोग, मानसिक स्वास्थ्य समस्या, सामाजिक अपहेलना र मादक पदार्थको सेवन देखिएको आश्रमले जनाएको छ।

यसै कारणले परिवारबाट अलग, सामाजिक रूपमा असहयोग र उपचार नपाउँदा दीर्घकालीन मानसिक समस्या उत्पन्न भई उनीहरू सडक जीवनमा धकेलिनु परेको देखिएको छ।

उद्धारपछि मानवसेवा आश्रमले आश्रितहरूलाई आश्रय, उपचार, पालनपोषण, काउन्सेलिङ र पारिवारिक पुनर्मिलन जस्ता कार्यक्रममार्फत निरन्तर सेवा प्रदान गर्दै आएको छ। आश्रमले सातै प्रदेशका २१ जिल्लामा सञ्चालनमा रहेका २९ शाखामार्फत २ हजारभन्दा बढी सहयोगापेक्षी आश्रितलाई सेवा दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *