September 28, 2026

प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता गरिने

0

सुन्दरहरैंचा(मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले कोशी प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्न लागेको बताएका छन्।

नेसनल प्याब्सन मोरङको जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष खनालले अहिलेसम्म कुनै पनि कार्यक्रम गर्न नसकिरहेको बेला यो पटक देश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजनाको तयारीमा जुटेको बताएका छन्।

वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको जीवनमा आत्मविश्वास, विचार व्यक्त गर्ने क्षमता, र नेतृत्व कौशलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि कार्यक्रम महत्वपूर्ण हुने उनले बताए। यस्तै,हस्तलेखन विद्यार्थीहरुलाई राम्रो अक्षर लेख्ने विद्यार्थीले परीक्षामा पनि राम्रो अंक ल्याउन सक्ने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो अक्षर लेख्न कोशिश गर्न गर्नुन भन्ने आयोजकको मुख्य उदेश्य रहेको जनाएको छ।

अक्षर राम्रो लेख्न सक्ने बनाउन नेसनल प्याब्सनलर हस्तालेखन प्रतियोगिता गर्न लागेको बताईएको छ । कार्यबाहक अध्यक्ष खनालका अनुसार प्रतियोगिता आगामी मङ्सिर २८ गते मोरङको सुन्दरहरैंचा -१२ मा रहेको इन्द्रपुर इंग्लिस स्कुलमा आयोजना हुनेछ। साथै,उनले अब आगामी दिनहरुमा शैक्षिक क्यालेण्डर बनाएर प्रदेशका सबै जिल्ला तथा पालिकाहरुमा पनि यस्ता खालका कार्यक्रमहरु संचालन गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *