September 25, 2026

कर्णाली याक्स टीमद्वारा मानवसेवा आश्रम रानीवन शाखाको अवलोकन

0

काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी कर्णाली याक्स क्रिकेट टोलीले बुधबार मानवसेवा आश्रम रानीवन शाखाको अवलोकन गर्दै आश्रमले सञ्चालन गरिरहेको मानवीय सेवाको प्रशंसा गरेको छ।

राष्ट्रलाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाइरहेका खेलाडीहरूले आफूहरू मात्र राष्ट्रका गहना नभई, आश्रमका सेवकहरूलाई असली नायक भएको उल्लेख गरे।

टोलीका कप्तान सोमपाल कामीले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै आश्रमका पदाधिकारीहरूको उच्च मनोबल, समर्पण र आश्रितमा ल्याइरहेको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा समेत गर्नुभयो।

अवलोकनका क्रममा आश्रमकाेतर्फबाट परिचयात्मक भिडियो प्रस्तुति मार्फत संस्थाको स्थापना, उद्देश्य, सेवा क्षेत्र, देशभर विस्तार भएका शाखा र सडकआश्रित नागरिकहरूको जीवन परिवर्तनका कथाहरूबारे टोलीलाई जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा प्रशिक्षक ज्ञानेन्द्र मल्ल, राजु बस्नेत, विदेशी खेलाडी विलियम बोसिस्टाे, मार्क वाट, नन्दन यादव र गुल्सन झासहित सम्पूर्ण टोलीको सहभागिता थियो। खेलाडीहरूले आश्रममा बसोबास गरिरहेका बुवाआमालाई आफ्नै हातले भोजन सेवा अर्पण गर्दै भावनात्मक निकटता अनुभवका थिए ।

आश्रम परिवारले कर्णाली याक्सलाई आगामी खेलमा सफलताको शुभकामना दिँदै, यस सकारात्मक भेटले खेलाडीहरूमा मात्र नभई आश्रमका आश्रित नागरिकहरूमा पनि आत्मबल र खुशी थपेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *