September 18, 2026

हल्दीवारीमा दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता मंसीर १७ गतेदेखि हुने

0

बिर्तामोड ।

स्व. जगत बहादुर तथा नरमाया बन स्मृती प्रतिष्ठान हल्दीवारीले दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आगामी मंसीर १७, १८ र १९ गते दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।

खेल फिफा नियम अनुसार हुने र खेल अवधिभर रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने साथै खेलाडीले एकै खालको जर्सी लगाउनुपर्नेछ साथै बुट, मोजा र प्याड अनिवार्य लगाउनु पर्नेछ ।

त्यस्तै खेलाडीलाई चोटपटक लागेमा आयोजक जवाफदेही नहुने, खेल ९÷९ जनाको हुनेछजसमा एक टिममा १८ जना खेलाडी हुनेछन्, तोकिएको समयमा टिम उपस्थित नभएमा नेटबल हानेर उपस्थित भएको टिमलाई विजय घोषीत गरिनेछ ।

खेलाडी सोही वडाको हुनुपर्ने छ भने सम्बन्धित वडा बाहेक बाहिरको खेलाडी सहभागी गराइएको दाबी विरोध परी प्रमाणित भएमा खेल स्वतः रद्ध गरिने र खेल सकिएको १० मिनेट भित्रमा दाबी विरोध गर्नुपर्नेछ आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार र दोस्रो हुने टिमले नगद १५ ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने प्रतिष्ठानका संस्थापक मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।

हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका महेन्द्रका अनुसार प्रतियोगितामा बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट फर्वाड, बेस्ट कोच, हाई स्कोररलाई नगद एक हजार, बेस्ट प्लेयरलाई नगद दुई हजार र मेन अफ द म्याच नगद एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताता हल्दिवारी माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । ५ वटै वडाका खेलाडीहरुको नाम विवरण मंसीर १५ गते सोमबार दिनको ४ः०० बजेसम्म उपलब्ध गराईदिन आयोजकले आग्रह गरेको छ । खेल टाईसिटमा उल्लेख भए बमोजिमको समयमा हुनेछ छ भने प्रवेश शुल्क निःशुल्क गरिएको प्रतिष्ठानका संरक्षक अधिबक्ता डम्बर बनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनकै अवसरमा सोहि दिन हल्दीवारी माविमा पूर्व बिद्यार्थी समाज कक्षा–१० का ४७ ब्याचद्धारा निर्माण गरिएको बिद्यालय खानेपानी योजनाको उद्घाटन समेत गरिने पूर्व बिद्यार्थी समाज कक्षा–१० का ४७ ब्याचका महेन्द्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *