September 15, 2026

कार्यक्रमका कारण प्रदर्शनीमार्गमा डाइभर्सन, टुडिखेल–माइतीघर आसपासको यातायात प्रभावित

0

काठमाडौँ ।
काठमाडौँको प्रदर्शनीमार्ग क्षेत्रमा भइरहेको कार्यक्रमका कारण सो मार्ग हुँदै चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ। प्रदर्शनीमार्गमा भीड बढेपछि सवारी साधनलाई पद्मोदय मोडसभागृह मोड मार्ग हुँदै मात्र सञ्चालन गराइएको छ।

यस्तै, टुडिखेल आसपास र्‍याली चलेका कारण त्यस क्षेत्रमा गुड्ने सवारी सञ्चालनमा पनि असर परेको छ। यात्रु सहजताका लागि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

मानिसको भीड बढेपछि माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनमार्फत मात्र चलाइएको छ। सामाखुसी चोकचावहिल चोकमा पनि भीड भएकाले यातायातमा केही अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।

यसबाहेक काठमाडौँ उपत्यकाका अन्य सडकहरु भने अहिले सामान्य रूपमा सञ्चालनमा छन्। विभिन्न नाकाहरू हुँदै उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधन पनि नियमित रूपमा चलिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *