June 16, 2026

प्याब्सन पथरी शनिश्चरेद्वारा नगरस्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

0

पथरी शनिश्चरे,  निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नेपाल, नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा नगरस्तरीय लोकनृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
पथरी शनिश्चरे–१ स्थित भू.पू. सैनिक अंग्रेजी विद्यालयमा आयोजित प्रतियोगितामा जुनियरतर्फ ११ र सिनियरतर्फ ६ विद्यालयले प्रतिस्पर्धा गरेका थिए।

जुनियर समूहमा एभरेस्ट इङ्लिस बोर्डिङ स्कूल प्रथम, मोरङ मेरिगोल्ड इङ्लिस स्कूल फस्ट रनरअप तथा अरुणोदय अंग्रेजी स्कूल सेकेन्ड रनरअप बने।
सिनियर समूहमा मोरङ मेरिगोल्ड इङ्लिस स्कूल प्रथम बनेको छ भने बराबर अंक प्राप्त गर्दै रेड स्टार अंग्रेजी माध्यमिक विद्यालय र एभरेस्ट इङ्लिस बोर्डिङ स्कूल संयुक्त रूपमा फस्ट रनरअप भएका छन्।

विजयी विद्यालयहरूले आगामी मंसिर १३ गते हुने जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायको संस्कृति झल्किने मौलिक नृत्य प्रस्तुती दिएका थिए।
सो अवसरमा बोल्दै प्याब्सन नगर समितिका सल्लाहकार उपेन्द्र कडेँलले “नगरका सबै संस्थागत विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रभावकारी भूमिका खेलिरहेका छन्,” बताएका हुन्।

प्याब्सन नगर समिति अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन बुढाथोकी खुलाल, विभिन्न निजी तथा संस्थागत विद्यालयका संचालक एवं प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *