April 30, 2026

ट्याली सफ्टवेरको  बिर्तामोडमा प्रयोगकर्ता भेटघाट,‘निर्माण नेपाल प्रालि’ सम्मानित

0

झापा, ट्याली सफ्टवेर उत्पादन गर्ने कम्पनीले आफ्नो ३९ औँ वार्षिकोत्सव ( ३९ औं फाउण्डर डे लिगेसी आफ ट्रष्ट) विविध कार्यक्रमसहित मनाएको छ । सो अवसरलाई झापाको बिर्तामोडमा आयोजित प्रयोगकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत झापाका पुराना तथा सक्रिय प्रयोगकर्तालाई सम्मान गरिएको छ ।

कार्यक्रममा निर्माण नेपाल प्रालि लाई विशेष सम्मान प्रदान गरिएको थियो । प्रालिका सञ्चालक विवेक गुप्तालाई ट्याली सफ्टवेरका तर्फबाट सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम आइडियल अकाउटिङ सोल्युशन प्रालि तथा ट्याली सोल्युशन प्रालिका कोशी प्रदेशका आधिकारिक विक्रेता राजनारायण साहको संयोजनमा सम्पन्न भएको थियो ।

समारोहमा ट्याली कम्पनीका कन्ट्री हेड मनु राज, नेपालका लागि एसोसिएट बिजनेस म्यानेजर अभिषेक साह, र कोशी प्रदेशका आधिकारिक विक्रेता राजनारायण साहले संयुक्तरूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ट्याली सफ्टवेरको अनधिकृत (क्र्याक) भर्सन प्रयोगका जोखिम, डेटा क्षति सम्भावना, सुरक्षा चुनौति, तथा व्यवसायिक लेखापरीक्षणमा पर्ने नकारात्मक असरबारे विस्तृत प्राविधिक प्रस्तुतिकरण गरिएको थियो ।

प्रयोगकर्तालाई रजिस्टर्ड भर्सन मात्र प्रयोग गर्न आग्रह गर्दै कम्पनीले सुरक्षा तथा सेवा गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ।

कोशी प्रदेशमा लगभग ३ हजार प्रयोगकर्ता, झापा जिल्लामा मात्र दुई सय भन्दा बढी ट्याली प्रयोगकर्ता रहेको कार्यक्रमका संयोजक राजनारायण साहले जानकारी गराएका थिए ।

कार्यक्रममा व्यवसायी, विद्यालय सञ्चालक र प्राविधिकहरूको सुझावसमेत लिइएको थियो । भेटघाटमा सीए, आरए, व्यवसायी तथा विद्यालय सञ्चालक हरूको सक्रिय सहभागिता थियो।

कार्यक्रममा सुझाव र धारणा राख्नेहरूमा व्यवसायी मनिष धानुका, गुणराज अधिकारी, प्रमोद अग्रवाल, प्रज्ज्वल विमली, जितेश शर्मा, सन्तोष गुप्ता, विद्यालय सञ्चालक शरद जोशी, तथा सीएहरू सुशील अग्रवाल, गंगाराम बस्नेत, डिम्पल अग्रवाल, राहुल साहेवाला, अमित अग्रवाल, मनिष श्रेष्ठ, आरए खड्गनारायण राजवंशी लगायतका सहभागी थिए ।

ट्याली सफ्टवेरका प्रतिनिधिहरूले आगामी दिनमा प्राविधिक सेवा, अपडेट, सपोर्ट र प्रशिक्षणलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *