September 17, 2026

इलाममा राप्रपा नेताको विवादित भिडियोपछि निलम्बन

0

झिलझिले  ।

इलामको माइखोलामा भेटिएको ढुङ्गालाई खुट्टाले कुल्चेका राप्रपा स्थानीय नेता यमनाथ भण्डारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साधारण सदस्यता समेत नरहने गरी निलम्बन गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति इलामले विज्ञप्ति जारी गर्दै भण्डारीको उक्त आचरणले पार्टीको मर्यादा र नीति–मूल्य विपरीत काम गरेको ठहर गर्दै उनलाई तत्काल प्रभावबाट निलम्बन गरिएको जनाएको हो।

भण्डारीले माईखोलामा माताले बताइएको शिलालाई खुट्टाले कुल्चेको र त्यसपछि माताले बालुवाले हान्दा उनले मातालाई धकेलेको दृश्य भिडियोमा देखिएको छ। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

भण्डारी २०७९ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं. २ ‘क’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनी पार्टीको जिम्मेवारीपूर्ण पदमा समेत कार्यरत रहेको बताइन्छ।

पार्टीले उक्त घटनालाई गम्भीर रूपमा लिँदै भण्डारीको गतिविधिले धार्मिक भावनामा ठेस पुर्‍याएको उल्लेख गर्दै पार्टीको अनुशासन मापदण्डअनुसार कारबाही गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *