September 17, 2026

डुबेर दुई बर्षीय बालकको मृत्यु

0

झापा, झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा एक बालकको डुबेर मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ९ः४५ बजे बिक्रम माझीका दुई वर्ष पाँच महिनाका छोरा दिवांश माझी घर नजिकै रहेको अदुवा खोलामा खेल्ने क्रममा डुबेका हुन्।
बालकलाई डुबिरहेको अवस्थामा हजुरबुबाले देखेपछि तत्कालै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा बालकलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *