April 30, 2026

इक्यान झापाको चौथो अधिवेशन तथा सातौं वार्षिक सभा

0

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको सातौं बार्षिक साधरणसभा तथा चौंथो अधिबेशन सम्पन्न भएको छ ।

बिर्तामोडमा शुक्रबार वार्षिक साधारण सभाको प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले इक्यान आफै शैक्षिक संस्था नभई शैक्षिक परामर्शदाता मात्र भएको उल्लेख गर्दै योग्य विद्यार्थी उत्पादनका लागि इक्यानले विदेशमा रहेका शैक्षिक संस्थाहरुसँग समन्वय गरेर अध्ययनका लागि विदेश जाने विद्यार्थीलाइ परामर्श दिंदै आएको बताए ।

इक्यान झापाक अधयक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा झापाका साहयक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, इक्यानका निबर्तमान अध्यक्ष प्रकाश पाण्डे , झापा संस्थापक अध्यक्ष सुमन शर्मा जमरट्टेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारी , इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रैहरी नायब उपरीक्षक बिजय श्रेष्ठ लगायतले शुभकामना मनतब्य राखेका थिए । उनीहरुले शैक्षिक परामर्शका क्षेत्रमा इकयानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश गर्दै स्वागत उपाध्यक्ष राजकुमार कार्कीले गरेको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । नेतृत्व सर्वसम्मत हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *