June 14, 2026

अवैध सुर्ती र मदिरा बरामद

0

झापा ।

झापाको भद्रपुरमा एक लाख पाँच हजार मुल्य बराबरको सुर्ती र मोटरसाइकल बरामद गरेको छ ।

भद्रपुर नगरपालिका–४ डाँगीबारी सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्थापित सिमा सुरक्षा गुल्म भद्रपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक उमेश कुमार चौधरीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको नम्बर प्लेट नभएको मोरसाइकल र २५ केजी पत्ता सुर्ती गरी करिब एक लाख पाँच हजार मुल्य बराबरको सामन बरामद गरी आवश्यक कार्वाहिका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको जनाइएको छ ।

उता सुनसरीको देवानगञ्ज गाउँपालिका–५ पालटोलस्थित सीमा इलाकामा नेपालबाट अबैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको नम्बर नखुलेको करिब एक लाख १० हजार बराबरको मोटरसाइकलमा लोड गरी लैजादै गरेको करिब तीन हजार रुपैंया बराबरको मदिरा (दिलवाले मदिरा) दुई काटुन ६० पिस गरी जम्मा एक लाख १३ हजार बराबरको मदिरा बरामद गरेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *