September 20, 2026

माईका बाढीपीडित ९० परिवारलाई तिहारमा राहत

0

माई ।

इलामको माई नगरपालिकाका बाढिपीडित ९० घरपरिवारलाई तिहारको अवसर पारी समाजसेवी टुपेन्द्र ऐक्तेनको अगुवाईमा राहत वितरण गरिएको छ ।

माईको वडा नं. २ चेप्टी, वडा नं. ७ लक्ष्मीबाँध र वडा नं. ८ भतपतेका ती परिवारलाई तीन लाख रुपैयाँभन्दा बढीको राहत वितरण गरिएको ऐक्तेनले जानकारी दिए । गत असोज १८ गतेको माईखोलाको बाढीबाट पीडित मध्ये वडा नं. ७ का घरबारविहीन आठ परिवारलाई एक–एक बन्डल जस्तापाता समेत प्रदान गरिएको बताइएको छ ।

राहत सामग्रीमा चामल, चिनी, खानेतेल, आँटा, मैदा, सख्खर, सोडा, साबुन, टुथपेस्ट, ब्ल्याङ्केट लगायत रहेका छन् । पीडित परिवारलाई तिहार मनाउन सहज होस भन्ने उद्देश्यले राहत प्रदान गरिएको बताइएको छ ।

उक्त राहत सामग्री कोशी प्रदेश इसाई समाज, आपतकालीन उद्धार टीम नेपाल, किराँत धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समिति, पहिचानवादी मोर्चा संघीय समिति, माई नगर इसाई समाज, फक्ताङलुङ सांस्कृतिक मञ्च झापा, फस्ट स्टेप जिम देउसीभैलो टिम बिर्तामोड झापाका प्रशिक्षक सीमा राई लगायतबाट जुटाइएको ऐक्तेनले बताए ।

बाढीपीडितहरुलाई उनीहरुको वडामा नै पुगेर ऐक्तेनले राहत सामग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *