September 24, 2026

किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन हुँदै

0

कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा निर्माण भएकोे किरात तियेङलुङ चोलुङ माङहिमको समुद्घाटन हुने भएको छ ।

आगामी कात्तिक २५ गतेका दिन सोह्रौ रष्ट्र विभूती महागुरु फल्गुनन्दको १४१ औं जन्म जयन्ती, शालिक अनावरण तथा माङहिम उ‌द्घाटन गरिने आज केर्खा स्थित माङहिम परिसरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।

किरात धर्म सहित्य उत्थान संघका केन्द्रि अध्यक्ष डकेन्द्र सिह थेगिमको प्रमुख आथ्यितामा सम्पन्न हुने समुद्धघाटन कार्यमा किरात धर्मगुरु आत्मा लिङ्गदेन र श्रीमती पवितत्रा हाङ्गमा साँवा लिङ्गलेनको संयुक्त वाहुली बाट माङहिमको समुद्घाटन र शालिक अनावरण गरिने किरात तियेङलुङ चोलुङ माङहिमका अध्यक्ष सुर्यप्रसाद एक्पाङदेन (लिम्बु)ले बताउनुभयो ।

माङहिम निर्माणकालागी स्थानिय दल बहादुर मेन्याङ्गवो द्वारा तत्कालिन ९० लाख मुल्य बराबरको ३ कठ्ठ जमिन निशुल्क उपलब्ध गराउनु भएको थियो । सोही जग्गामा १० वर्ष अगाडी माङहिमको निर्माण कार्यसुरु गरिएको थियो । माङहिम निर्माणका लागी कमल गाउँपालिका , प्रदेश सरकार का साथै चन्दा दाताहरुको सहयोगमा माङहिमको निर्माण कार्य सम्पन्न गरिएको हो ।

करिव ८९ लाख रुपैयाको लागतमा नेपालकै अग्लो माङहिम निर्माण गरिएको छ । त्यस्तैे २२ लाख रपैयामा यज्ञकुण्ड र ४१ लाख रुयैयामा महागुरु फाल्गुनन्दको पुर्णकदको शालिक निर्माण गरिएको कोषाध्यक्ष लाख बहादुर मावोले जानकारी दिनुभयो ।

विश्व शान्ती, मानव एकता धार्मिक सहिष्णुता को मुख्य उद्येश्य लिएर आयोजना गरिने कार्यक्रम कुनै एक जातीको मात्र नभएर सबै धर्मालम्बी हरुको साझा भएकोले हजारौंको उपस्थितीमा समुद्घाटन कार्यक्रम गरीने भएकोले कार्यक्रमलाई व्यपक बनाउन सबैको साथ र सहयोग अनिवार्य रहेको किरात तियेङलुङ चोलुङ माङहिमका सचिव नर बहादुर लिङदेनले बताउनुभयो ।

समुद्धघान गर्न लागिएको माङहिम ५३ फुट अग्लो ९ तलाको रहेको छ भने अनावरण गर्न लागिएको पुर्णकदको शालिक ९ फिट अग्लो रहेको प्रचारप्रसार संयोजक सुमन केरुङले बताउनुभयो । कार्यक्रममा किरात धर्म सहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मि योङ्गहाङ्ग, माङहिका सदस्य विष्णु बेघा, सल्लाकार सदस्य धनबहादुर मावो, लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *