June 15, 2026

एक करोड ४५ लाख विपद व्यवस्थापन समितिमा थप गर्दै माई नगरपालिका

0

विमल दहाल, माई इलाम ।

माई नगरपालिकाको १८ औं नगरसभावाट गत २०८२ असार १० गते पारित वजेट संसाेधन गर्ने तयारी गरिएकाे छ ।

आज (साेमवार) वसेकाे माई नगरपालिका कार्यपालिका वैठकले आ.व. २०८२/८३ को वजेट अन्तरगत रु.१ करोड ६५ लाख बजेट संसाेधन गर्ने निर्णय भएकाे नगर प्रमुख खम्बा सिं लिम्बूले बताउनु भयाे ।

वैठकले सभाबाट कार्यक्रम संशोधन गरी कार्यान्वयन हुने योजनाहरू अन्तर्गत संशोधित कार्यक्रम (रकम कोटौती) गर्ने गरि भूमि व्यवस्थापनवाट ४० लाख, ट्याक्टर खरिद ४० लाख, शीतली खेलमैदान स्तर उन्नति तथा बजार बाटो व्यवस्थापन ३० लाख, पार्किङ स्थल निर्माण तथा पालेघर व्यवस्थापन १० लाख, खेलमैदान व्यवस्थापन ५ लाख, कार्यालयमा फर्निचर व्यवस्थापन वडा कार्यालय सहित ४० लाख गरी १ करोड ६५ लाख रहेको छ।

विशेष सभा बजेट संशोधन आर्थिक वर्ष २०८२/८३ अन्तर्गत थप बजेट व्यवस्थापन हुनलाई तय गरिएका शीर्षकहरूमा प्रकोप/विपद व्यवस्थापन कोषका लागि १ करोड ४५ लाख, फर्निचर व्यवस्थापन १० लाख, झ्याल तथा ढोका मर्मतका लागि १० लाख गरी १ करोड ६५ लाख रहेकाे छ । बजेटको स्रोत समानीकरण तथा आन्तरिक रहेको माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलले जानकारी दिनुभयो ।

गत असाेज-१८ र १९ गते आएकाे अविरल वर्षाका कारण माई खाेलामा आएकाे वाढी र पैराेले १२ परिवार पुर्ण विस्थापित सहित ९५ परिवार भन्दा वढी विस्थापित भएका थिए । वाढी र पैराेका कारण सयाै राेपनी धानखेती, दर्जनाै पशु-पंक्षी लगायतकाे क्षती भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *