June 14, 2026

जिन्दगीको अर्थ खोज्दैछु

0

जिन्दगीको अर्थ खोज्दै
पाइला–पाइलामा संघर्ष गर्दै
आफ्नै गन्तव्यमा हिँड्दैछु
जिन्दगीको गोरेटोमा
अनेक यातना सहदै
सुःखको खोजी गर्दै
आफ्नै धुनमा पाइला अघि सार्दैछु

धेरै वेदना सहदै
मनमा दुःख लुकाउदै
आफ्नै धुनमा सुःख खोज्दैछु
रोदन मात्र
कति लिनु आफ्नो जिन्दगीमा
हार खाई सकेर
जिन्दगीको अर्थ खोज्दैछु

सबै कुदे धनको पछि
पैसा कमाउनुछ भन्दै
तर आफ्नो जिन्दगी त
नरक भए पनि
जिन्दगीको सुःख खोज्दै
आफ्नो दुःख भूलाएर
पाइला–पाइलामा
जिन्दगीको अर्थ खोज्दैछु ।

मेचीनगर नगरपालिका– १२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *