June 14, 2026

हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै

0

सुन्दरहरैंचा (मोरङ),

एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन्।

प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गर्न लागिएको हो। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए,युके,इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको जनाएको छ ।

विगत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हॅुदै आइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा अक्टोबर १४ मा मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त हुनेछ ।

उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक प्रिन्सिपल खनाल थाइल्याणड हुँदै सिंगापुर र मलेसिया प्रस्थान गरिसकेको बताईएको छ।पछिल्लो समय सुन्दरहरैचामा हिमालय स्कुलले पठन पठानका अतिरिक्त विभिन्न एस्ट्रा एक्टिभिटी गर्नमा अन्य निजी बिद्यालय भन्दा एक कदम अगाडी रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *