June 14, 2026

जूनियर वीरता जेसीजले सदस्यहरूका प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने

0

झापा ।

युवाहरूको सीप, ज्ञान र नेतृत्व क्षमताको खोजी गर्दै, आगामी दिनमा जूनियर वीरता जेसीज बिर्तामोडले अझ विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिइएको छ।

जूनियर जेसीज अध्यक्ष अस्मित गोसाईले ठूलो सम्पत्ति भनेको मानव क्षमतामा रहेको लगानी,त्यसलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरू आवश्यक रहेको बताए ।

जेसीजलाई “ट्रेनिङ विश्वविद्यालय” भनेर पनि चिनिने भएकाले वीरता जूनियर जेसीजले सदस्यहरूका लागि निरन्तर सिकाइ र विकासका अवसर प्रदान गर्ने उद्देश्यले यस्ता प्रशिक्षणमुखी कार्यक्रमहरू नियमित रूपमा अगाडि बढाउने अध्यक्ष गोसाईको भनाई छ ।

वीरता जूनियर जेसीज समुदायमा युवामुखी कार्यक्रम र सामाजिक चेतनामूलक अभियानहरूमा सक्रिय रहँदै आएको छ । संस्थाले यसअघि शैक्षिक मेला , जुनियर जेसीज गोट ट्यालेन्ट, र क्यारियर काउन्सिलिङ सेसन जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

साथै, संगठनले व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्तै, वीरता जुनियर जेसीजले सता ब्यापी कार्यक्रम गर्न लागेको बताइएको छ । हालै सम्पन्न नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनमा जूनियर वीरता जेसीजका अध्यक्ष गोसाई “सर्वश्रेष्ठ उदाउँदो अध्यक्ष” पुरस्कार पनि प्राप्त गर्न सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *