June 14, 2026

पहिराले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या

0

भोजपुर,

जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए ।
भोजपुर –लेगुवा सडक र देउराली–चखेवा सडकका केही स्थानका पहिरो हटाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको जोखिम देखिएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आत्यश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात अवरुद्ध हुँदा लामो दूरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्, भने आवश्यक सामान आपूर्ति र जनजीवनमासमेत असर परेको छ । विशेषगरी जिल्ला बाहिर जाने, दसैँ मान्न हिँडेका यात्रु, कामकाजका सिलसिलामा यात्रा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन्।

यातायात व्यवसायी समितिका प्रतिनिधिले सडक अवस्था सामान्य हुनासाथ पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । हाल वर्षाका कारण जिल्लाभित्रका कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीय बासिन्दा थप समस्यामा परेको जनाइएको छ ।

वर्षातले धानबालीमा क्षति

यसैबीच वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोज महिनासम्म धान बाली परिपक्व अवस्थामा पुगेको हुन्छ। तर यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ । जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सवै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।

वर्षातसँगै आएको हावाले धानबालीमा क्षति पु¥याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रुपनारायण फुयालले बताउनुभयो । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा वर्षातले क्षति पु¥याएको उहाँको भनाइ छ । “भारी वर्षातका कारण धानबालीमा क्षति पुगेको छ”उहाँले भन्नुभयो,“पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ । अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *