गोली लागेर पाँच जनाकोे मृत्यु , तीन पत्रकारसहित १३० बढी घाइते
झापा ।
जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौंमा पाँच जनाको मृत्यु भएको छ ।
प्रदर्शनमा घाइते भएका मध्ये चार जनाको ट्रमा सेन्टरमा मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएकोमा उनीहरुको अस्पतालले मृत्यु घोषणा गरेको हो ।
यस अघि प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एक व्यक्तिको काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर कम्तीमा १३० जना घाइते भएका छन् ।
