June 14, 2026

राजबंशी समाज विकास समितिको आयव्यय सार्वजनिक

0

गरामनी।

राजबंशी समाज विकाश समिति, बिर्तामोड -७, ८ र ९को संयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पन्न २४घण्टे अखण्ड हरिकीर्तन तथा दधिकादो खेलमा भएको आयव्यय सार्वजनिक गरिएको छ।

गरामनीमा साउन३१ र भदौ १ गते सम्पन्न २४ घण्टे अखण्ड हरिकीर्तन तथा दधिकादो खेल आयोजक समितिका संयोजक सम्पतलाल राजबंशीले कूल आम्दानी १ लाख९१ हजार ६सय ५०रुपैयाँ र कूल खर्च १ लाख ९८हजार ९ सय ३५ रुपैयाँ रहेको आयव्यय सार्वजनिक गरेका हुन्।

आम्दानी तर्फ बिर्तामोड नपा-७,८ र ९ बाट संकलित रकम क्रमश: २१ हजार ३सय ९० रुपैयाँ, ८८ हजार ६सय ५ रुपैयाँ र ८ हजार ४ सय २० रुपैयाँ, दाताहरु सन्तोष राजबंशीबाट ३१ हजार, खगेन्द्र मैनाली र कालीप्रसाद राजबंशीबाट २५ /२५हजार, जलकुमार गुरुङबाट १५ हजार, श्रीदुर्गा शक्तिपीठ मन्दिर समितिबाट ९ हजार, कार्यक्रम स्थल र कृष्ण मन्दिर भेटीबाट संकलित रकम क्रमश: १६ हजार र ६ हजार, सजेश शिवाकोटी, रोहित प्रसाईं, उजान राजबंशी र शम्शेर राजबंशीबाट क्रमश: ५/५ हजार र भोजराज सिटौला र घनेन्द्र पाण्डेबाट २/ २ हजार रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ।

खर्च तर्फ अखण्ड हरिकीर्तनमा सहभागी नौवटा कीर्तन मण्डलीहरुमा कृष्णलीला झाँकीसहितको भारतीय टोलीलाई रु.२९ हजार, बाह्रदशी र महेशपुरको टोलीलाई ६/६ हजार र स्थानीय ६ टोलीलाई दुई हजार एक सयका दरले यातायात खर्च प्रदान गरिको थियो। त्यस्तै साउण्ड सेट,ब्राह्मण दक्षिणा, पूजा तथा प्रसाद सामाग्री, मन्दिरमा नरिवल छिराउने तथा बासमा चढ्नेलाई पुरस्कार लगायत रहेको छ।

दुवै खेलमा ५/५हजार पुरस्कारका लागि रु. १० हजार अमेरिका निवासी रुपक ओडारी, खड्ग सुवेदी, दावाछिरिङ तामाङ र हेम अधिकारीले संयुक्तरूपमा प्रदान गरेका थिए। कार्यक्रम आयोजनाका क्रममा खानेपानीको व्यवस्थापन मोहन घिमिरे तथा राजबंशी महिला बिर्तामोड नगर समितिका अध्यक्ष पूर्णिमा राजबंशी, सचिव अनिता राजबंशीलगायत १५ जनाको टोलीले तथा खानपानको व्यस्थापन स्व.धनलाल राजबंशीका सुपुत्र दिनेश तथा आमा पुलकी राजबंशी र सोरप,आरचित,हरि, सन्ध्या राजबंशी, पर्वत कार्की र गौतम साहले गरेका थिए। त्यस्तै पूजा सामाग्रीमा मुलाई राजबंशी र दधिकादो खेलमा माटो व्यवस्थापन भरत भट्टराईले गरेका जानकारी गराइएको छ।

सोही अवसरमा कार्यक्रम सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने लीलादेवी, झमकसरी, रमन राजबंशी र समसुल महमतलाई सम्मान गरिएको थियो। रासविस बिर्तामोड -८का अध्यक्ष लीलादेवी राजबंशीको अध्यक्षता तथा रासविस झापाका वरिष्ठ उपाध्यक्ष जीतलाल राजबंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शितलाल राजबंशीले स्वागत गरेका थिए।

कार्यक्रममा श्रीदुर्गा शक्तिपीठ मन्दिर संरक्षण समिति गरामनीका कार्यवाहक अध्यक्ष मनमाया शिवाकोटी, रासविस बिर्तामोड -७का अध्यक्ष नेकनाइ राजबंशी, दुर्गाप्रसाद राजबंशी, झमकदेवी राजबंशी, बतासु राजबंशीलगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सम्पतलाल राजबंशीले गरेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *