September 20, 2026

धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु

0

सप्तरी,

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको छ।

गाउँपालिका- ६ स्थित बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो।

आफ्नै खेतबारीमा धान गोड्दै गर्दा अचानक लडेर बेहोश भएपछि उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको थियो।

चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *