September 20, 2026

शनिश्चरे बजारमा गाडागोरु फुड फनको सेवा 

0
अर्जनधारा । 
झापा जिल्लाको ऐतिहासिक बजारले परिचित अर्जुनधारा नगरपालिका–८स्थित शनिश्चरे बजारमा सोमबारदेखि गाडागोरु फुड फन सञ्चालनमा आएको छ ।
आन्तरिक पर्यटनको प्रबद्र्धन एवम् स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने उद्देश्यले उक्त फुड फन सञ्चालनमा ल्याइएको सञ्चालक व्यवसायी मन्दाकिनी वनले जानकारी दिइन् ।
सञ्चालक वनका अनुसार तत्कालिन् समयमा साविक मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको पहिचान बनाउन सफल शनिश्चरे बजार क्षेत्रसम्म पुग्ने प्रमुख यातायातका साधनको रुपमा रहेको गाडागोरुबाट नामकरण भएको फुड फनको प्रारम्भिक लगानी २६ लाख रुपैयाँ रहेको छ ।
फुड फनमा विशेष गरि गाडागोरु खाना सेट, गाडागोरु नास्ता सेट, पिज्जासँगै सबै प्रकारका खानेकुराहरु उपलब्ध हुने बताइएको छ । फुड फनका सल्लाहकार शेखर वनका अनुसार आगामी दिनमा स्थानीयस्तरमा पाइने मौलिक खानेकुराहरुलाई पनि प्रबद्र्धन गर्ने सञ्चालकको लक्ष्य रहेको बताइएको छ ।
सञ्चालक परिवारका सदस्य बाहेक फुड फनमा सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जन्म दिन विशेष कार्यक्रमहरु पनि सञ्चालन गर्न सकिने फुड फनमा एक पटकमा ४० जनालाई सेवा प्रदान गर्न सकिने सञ्चालकको दावी छ ।
यसैबीच फुड फनको एक कार्यक्रमकोबीच अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *