September 13, 2026

करेन्ट लागेर दुई जनाको मृत्यु

0

विराटनगर।

संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीस्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करणधर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो ।

त्यस्तै मोरङको केराबारी गाउँपालिका–८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *