September 15, 2026

सेवाग्राहीलाई पारदर्शी सेवा दिन झापा प्रशासनले प्रयोगमा ल्यायो ‘क्युआर कोर्ड’

0

पार्थ मण्डल/झापा ।

 

जिल्ला प्रशासन कार्यालय झापाले स्वच्छ, पारदर्शी तथा वस्तुनिष्ठ सेवा प्रवाह गर्ने उद्देश्य राखेर तीन वटा क्युआर कोर्ड प्रयोगमा ल्याएको छ ।

प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाप्रति नागरिकले आफ्नो सल्लाह, सुझाव, गुनासो तथा जानकारी गराउने उद्देश्यले क्युआर कोर्ड प्रयोगमा ल्याएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । तीन वटा क्युआर कोर्डमध्ये एउटा सुझाव तथा गुनासो र अर्को प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको जानकारी (नागरिक बडापत्र)का लागि रहेको छ ।

त्यसैगरी अर्को क्युआर कोर्ड राष्ट्रिय परिचयपत्रको जानकारीका लागि रहेको प्रजिअ अधिकारीले बताए । ‘तीन वटै क्युआर कोर्ड मोबाइलबाट सजिलै स्क्यान गरी हेर्न मिल्छ र यसले कार्यालयले प्रदान गरेको सेवाप्रति नागरिकलाई उत्तरदायी बनाउन मद्दत पु¥याउँछ, उनले भने ।

यसभन्दा पहिला कार्यालयको मुख्य प्रवेशद्वारमै उजुरी पेटिका राखिएको थियो । कर्मचारीले देख्लान् भनेर नागरिकले नै लिखित उजुरी नै गर्दैनन् थियो । ‘अब क्युआर कोर्ड ल्याएपछि नागरिकलाई पनि सजिलो हुने भयो,’ उनले थपे । तीन वटै क्युआर कोर्ड प्रशासन कार्यालय झापाको वेवसाइडमा राखिएको उनको भनाई छ । प्रशासन कार्यालय झापाले मंगलबार राखेको सार्वजनिक सुनवाई कार्यक्रममा ती क्युआर कोर्डहरुको बारेमा जानकारी गराइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार सेवाग्राही सन्तुष्टि सर्वेक्षण क्युआर कोर्डमा अहिलेसम्म २० जनाले सल्लाह र सुझाव राखिसकेका छन् । अधिकांशले कार्यालयको काम कारबाहीप्रति जिम्मेवार भएर जवाफ दिएका छन् । ‘सात वटा बुँदा राखिएको सर्वेक्षणमा सजिलै कार्यालयको सेवा बारेमा सकारात्मक तथा नकारात्मक दुवै प्रकारका गुनासो राख्न सकिन्छ, त्यो गोप्य हुन्छ’ उनले भने ।

जिल्लाका सेवा प्रदायक सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवाको बारेमा त्यस कार्यालयका प्रमुख नै जिम्मेवार हुनुपर्ने प्रजिअ अधिकारी बताउँछन् । आफ्नो कार्यालयभित्र भएका ढिलासुस्ती, लापरबाही, गैरजिम्मेबार खालका गतिविधि रोक्ने काम सम्बन्धित कार्यालयको प्रमुखकै हो, प्रजिअ अधिकारीले भने, ‘त्यसपछि मात्र प्रशासनले हेर्छ ।’

सरकारी कार्यालयहरूमा जाँदा सबै काम हुन्छ भनेर सेवाग्राही जान्छन्, तर हुँदैन । ‘नहुने काम पनि चित्त बुझाएर सेवाग्राहीलाई पठाउनु पर्ने कार्यालयको पहिलो दायित्व हो, उनले भने, ‘यत्ति हो अहिले कार्यालयहरूमा देखिएकै समस्या, हुँदैन भन्ने कुरा हामी बुझाएर भनी दिँदैनौँ, बुझाएर भन्दियौँ भनेर सेवाग्राही आफै चित्त बुझाएर जान्छन् ।’ मुस्कानसहितको कर्मचारी सेवा होइन । अब सेवाग्राही मुस्कानसहितको सेवा लिएर जानुपर्ने र त्यसतर्फ कर्मचारी लाग्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *