September 19, 2026

अर्जुनधाराका ९६ परिवार अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा

0
अर्जुनधारा, नेपाल सरकार भूमि समस्या समाधान आयोग झापाले बुधबार एक कार्यक्रमकोबीच अर्जुनधाराका अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
 
अर्जुनधारा नगरपालिकाको सभाहलमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अर्जुनधारा–११का ९६ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, संघीय सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले उनीहरुलाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख तामाङले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा मन्त्री अधिकारी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्घव थापा, आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, झापाका अध्यक्ष मदन अधिकारी र विज्ञ सदस्य लक्ष्मी आचार्यले मन्तव्य राखेका थिए ।
नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखा सहायक सौजन कटुवालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *