१ करोड ४६ लाखको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा, जिल्ला प्रहरी परिसर, काठमाडौँले झण्डै डेढ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाकी एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
सुनसरीको साविक धरान उपमहानगरपालिका ८ बस्ने वर्ष ५४ को सुचित्रा श्रेष्ठलाई १ करोड ४६ लाख १ हजार ७३३ रुपैयाँ रकमको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई प्रहरी वृत, स्वयम्भूमा राखि थप अनुसन्धान भइरहेको छ।
