April 30, 2026

पञ्चरत्न मार्ग कालोपत्रे :उपप्रमुखद्वारा अनुगमन

0

बिर्तामोड,  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्ड आज कालोपत्रे गरिएको छ।

संघीय सरकारको रु. १ करोडको बजेटमा उक्त सडक स्तरोन्नति गरिएको हो। कास्कीस्थित खप्तड कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएर सडक निर्माणको काम सम्पन्न गरेको हो।

झण्डै ४० वर्ष पुरानो सो सडक पहिलोपटक कालोपत्रे भएको हो। लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण समस्या भोग्दै आएका स्थानीयवासी कालोपत्रे सडक सञ्चालनमा आएपछि खुसी व्यक्त गरेका छन्।

सडकको आज नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल लगायतले अनुगमन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *