September 16, 2026

१२५ जनाको स्वास्थ्य परीक्षण, ९७ वर्षसम्मका नागरिक सहभागी

0

दमक, “स्वस्थ जीवनशैली, सशक्त जेष्ठ नागरिक“ भन्ने नाराका साथ, सोमबार दमक–८ मा रहेको अग्र्यानिक तरकारी बजार परिसरमा जेष्ठ नागरिक लक्षित आयुर्वेदमा आधारित स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन दमकको आयोजनामा र दमक–८ वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
स्वास्थ्य परीक्षण, रक्तचाप मापन तथा आयुर्वेदिक परामर्श प्रदान गरिएको उक्त शिविरमा १२५ जना जेष्ठ नागरिकले सेवा लिएका थिए। ६० वर्षदेखि ९७ वर्ष उमेर समूहका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि दमक–३ का वडाध्यक्ष ८८धर्मप्रसाद दहाल (दिपेश)८८ले यस्ता स्वास्थ्य कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउँदै आवश्यकतानुसार भविष्यमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए।

प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले उमेरसँगै देखिने सामान्य स्वास्थ्य समस्याबारे प्रष्ट पार्दै जीवनशैली परिवर्तन, संतुलित खानपान र प्राकृतिक उपचार विधिको महत्त्वबारे जानकारी गराए। उनले यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्न सुझाव पनि दिए।
फाउन्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दमकभरि जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनका लागि अभियानस्वरूप यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए। उनले आगामी वर्षहरूमा अझ बृहत्, समावेशी र प्रभावकारी कार्यक्रम ल्याइने घोषणा गरे। “हामी जनस्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न निरन्तर नवीन कार्यक्रमहरू सञ्चालन गर्दैछौं,” उनले भने।
फाउन्डेसनका सचिव अर्जुन पौड्यालका अनुसार, कार्यक्रममा आयुर्वेद विशेषज्ञद्वारा निःशुल्क औषधि वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी टेकनाथ अर्यालले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *