September 16, 2026

दमक आएर फर्किएपछि महावीर पुनले भने…

0

विनोद सापकोटा
झापा ।

आविष्कारमा ख्याती कमाएका सामाजिक अभियन्ता महावीर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर यसपटक दमक पुगेर आविष्कार होइन व्यङ्ग्यको मार हाने । महावीर पुनले गरेको व्यङ्ग्य धेरैलाई पचेन । थोरैलाई भने पाच्य बन्यो ।

पुन अहिले आफ्नै किताब लिएर देश दौडाहामा छन् । तर दमक पुगेर भने उनको “बिक्री ब्रेक” भएको उनकै स्टाटसले देखिन्छ। १३ दिनसम्म किताबको स्टलसहित बस्दा पनि दमकका चर्चित संस्था जेसीज, लायन्स, रोटरी आदिले नजर लगाउने फुर्सद पाएनन्। उनले फेसबुकमा लेखे । ‘दमक सफा त छ । तर पर्यटकलाई तान्ने त कुनै कुरा देखिएन । न पूर्वाधार । न उत्सुकता ।’

प्रधानमन्त्रीकै गृहनगर भनेर पाएको “बजेटको माया” कता गयो भन्ने पुनको सन्देहमा दमकका भौतिक संरचनाहरूले अझै कुनै ठोस उत्तर दिएका छैनन्। उनले थपे, ‘धेरै सुनिएको थियो । दमक पर्यटक गन्तव्य बन्नेछ भन्ने। तर देख्दा त मलाई जस्तो पाहुनालाई पनि कतै लैजाने ठाउँ रहेनछ।’

पुनको पोस्ट सार्वजनिक भएको दुई घण्टामै सामाजिक सञ्जालमा प्रतिक्रियाको भेल आएको छ। २ सय ११ प्रतिक्रिया मध्ये ८८ प्रतिशत ले ‘पुन जी, तपाईं ले अलिकति बढी नै आलोचना गर्नुभयो है !’ भन्ने भाव पस्केका छन्। बाँकी १२ प्रतिशत ले भने पुनको आँखा खुलेर बोलेको सत्य हो भन्दै समर्थन जनाएका छन्। स्टाटसले ७० जनाको टाइमलाइन पनि घुमिसकेको छ । त्यो चाहिँ पक्कै टाउको हल्लाउँदै सेयर भएको हुनुपर्छ ।

सांसदहरू संसदमा बजेट र दमकको सम्बन्धमाथि तर्क गरिरहँदा, पुनले फेसबुकमार्फत व्यङ्ग्यको नयाँ बहस खोलिदिएका छन्। दमकलाई प्रेम गर्नेहरूलाई उनको भनाइले चिमोटेको छ भने सुधार चाहनेहरूले “अब त आँखा खोल्ने बेला हो” भन्न थालेका छन्।

पुनले आफ्नो नबिकेको किताबको गुनासो गरे पनि दमकका जनताको माया र स्वागतप्रति भने उनले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *