September 16, 2026

पर्याप्त वर्षा नहुँदा झापामा ९ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

0

झापा ।

झापामा असार १५ सम्म ९ प्रतिशत रोपाइँ भएको छ।

पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो। अघिल्लो वर्ष ११ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए।

उनले पर्याप्त वर्षा नहुँदा किसानहरूले धूमधामले खेती गर्न नपाएको र मोटर हुने किसानहरूले मात्र सामान्य रूपमा रोपाइँ गरेको जानकारी दिए।

एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।

यस पटक समयमा पानी नपर्दा किसानहरूलाई रोपाइँ गर्न समस्या भइरहेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए। यसैगरी झापामा २२ औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ।

कृषि ज्ञान केन्द्र झापासहित जिल्लाका १५ वटा स्थानीय तह अन्तर्गतका कृषि विकास शाखाहरूले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *