September 16, 2026

जुकेखाडी सामुदायिक वनको वृक्षारोपण कार्यक्रम सम्पन्न

0
अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय वृक्षारोपण दिवस–२०८२को सन्दर्भमासमूहको ब्लक नं. २ को पगला नदी उकास क्षेत्रमा उक्त वृक्षारोपण गरिएको समूहका अध्यक्ष मोहनश्रेष्ठले जानकारी दिए ।

समूहका अध्यक्ष श्रेष्ठ र कनकाई सब डिभिजन वन कार्यालयका वन रक्षक धनपती अधिकारीले संयुक्तरुपमा तेजपत्ताको बिरुवा रोपेर उद्घाटन गरिएको कार्यक्रममा चिउरी, जंगली सिसौ, पानी साज, हात्तीफल आदि प्रजातीको चार सय बिरुवा रोपिएको बताइएको छ ।

कार्यक्रममा सशस्त्रप्रहरी बल खुदुनावारी वेसका प्रमुख प्रहरी नायव निरीक्षक एक नारायण श्रेष्ठ, अस्थायी प्रहरी चौकी खुदुनावारीका प्रमुख प्रहरी सहायक निरीक्षक वेद प्रकाश अर्याल, समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिना, सचिव उर्मिला कटुवाल, कोषाध्यक्ष मनिला जवेगु लगायतको सहभागिता रहेको थियो ।
समूहले यस अघि पनि वनको विभिन्न क्षेत्रमा वन्यजन्तु मैत्री कार्यक्रम अन्र्तगत वन्यजन्तुका लागि आवश्यक खानेकुराको बिरुवाहरु रोपेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *