September 16, 2026

प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतको डायरीबाट’ लोकार्पण

0

बिराटनगर,

कवि प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण गरिएको छ । राष्ट्र सेवक बहुउद्देश्यीय सहकारीको सभाहलमा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहेको उक्क कार्यक्रममा छवि वैरागी घिमिरे, प्रा.डा. हरिहर भण्डारी, प्रा. एकराज भट्टराई, डा. देवी पन्थी, कृष्ण भुषणा बल स्मृति प्रतिष्ठानका संरक्षक शोभा लामा बल, डा.नरेन्द्रप्रसाद चापागाईं स्मृति प्रतिष्ठानका संरक्षक सरला चापागाईं, विराट साहित्य सङ्गमका संस्थापक अध्यक्ष तथा विराटनगरका अग्रज स्रष्टा बलराम पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल र सङ्गम अभियानका मासिकका प्रधान सम्पादक रामबाबु दाहालले समीक्षा गरेका थिए ।

कार्यक्रममा सुमन पोखरेल, उमानाथ भट्टराई, उमानाथ घिमिरे, केशु विरही, रोहिणी रसिक, सीमा आभास, डोमी कामत, मञ्जु घिमिरे दाहाल, भवानीप्रसाद ढकाल, जमुना पौड्याल, पुष्पा सायरा, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, डुमी कामत, टीका मिलन, मञ्जुश्री गिरी, राधा भट्टराई, हेमसागर पोखरेल, ऋषि तिवारी, भूपाल अधिकारी, लक्ष्मी रायमाझी, नानुमैया दाहाल, विनोद विवश घिमिरेलगायतका लेखक तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको छ ।

विभिन्न स्रष्टाहरूको रचना वाचनसमेत रहेको उक्त कार्यक्रममा विराट साहित्य सङ्गम अभियानका कोषाध्यक्ष भीम कोइराला, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, लेखकका दाजु मनोज ढकाललगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए । विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने स्रष्टा गोपाल निर्भीकको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *