September 17, 2026

लागू पदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक नियन्त्रणमा

0

झापा, झापाको कन्काई नगरपालिका – ३ स्थित पूर्व पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असार ९ गते अपरान्ह सवारी दुर्घटना न्यूनीकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा पूर्व पश्‍चिम लोकमार्गमा संचालन हुने यात्रु वाहक सवारी साधन तथा निजि सवारी साधनका चालकहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण तथा संकित चालकको ला।प।से। चेकजाँच गरेको थियो ।
संकित चालकको ला।प।से। जाँचको क्रममा यात्रुवाहक बसका चालक २ जना, सहचालक २ जना, ईभि गाडीका चालक १ जना, टिफरका चालक १ जना र मोटरसाईकल चालक १ जनाले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला परेको थियो । ला।प।से। गरेका ७ जना चालकहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *