September 16, 2026

संखुवासभा समाजले कतार भित्र्याएको नौमती बाजा औपचारिकरूपमा उद्घाटन

0

बिराटनगर,

संखुवासभालीको पहिचान! बिश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मुल नारालाई आत्मा सात गर्दै अघि बढी रहेको संखुवासभा समाज कतारले भित्र्याएको नौमती बाजाको औपचारिकरूपमा उद्घाटन गरिएको छ।

सनैयास्थित समाजका संरक्षक पर्शुराम दहालको लालीगुराँस रेस्टुरेन्टमा संखुवासभा समाजले भर्खरै भित्राएको मौलिक पञ्चेबाजालाई बृहत प्रचारप्रसार ,संरक्षण र प्रबर्द्धन गर्नको निमित्त मौलिक पञ्चेबाजा भित्राउन महत्वपुर्ण सहयोग नेपाली दूतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यमा मौलिक पञ्चेबाजा बृहत् प्रदर्शनी सम्पन्न भएको छ।

दूतावासको सिङ्गो टिमलाई पञ्चेबाजा बजाएर स्वागत गर्दै सुरु भएको कार्यक्रममा विभिन्न संघ – सस्थाको बाक्लो उपस्थिति थियो। संखुवासभा अध्यक्ष राजेन्द्र खनालका अनुसार लोपोन्मुख हुँदै गरेको मौलिक पञ्चेबाजालाई कतार जस्तो देशमा ल्याएर प्रदर्सन गरिएको बताए।

अध्यक्ष खनालले पछिल्लो समय लोप हुदै गएको नौमती पन्चे बाजा र पस्चिमी भाकाहरुको बाहुल्यता बढिरहेको सन्दर्भमा पुर्बेली भाका कला सस्कृतीलाई पनि उजागर गर्नको लागि संखुवासभा समाजले बिदेशी भुमिमा पनि नेपाली कला ,सस्कृति र परम्पराको जगेर्ना गर्ने उदेश्यका साथ पन्चे बाजा कतार भित्र्याएको बताए।

कार्यक्रमा उपस्थित भएकाहरुले नौमती बाजाको तालमा नाच्दै समाजको प्रसंशा गरेका थिए। आगामी दिनमा पनि मौलिक पञ्चेबाजाको प्रचारप्रसार ,संरक्षण र प्रबर्द्धन गर्नको लागि सबैको साथ सहयोग रहने अपेक्षा गरिएको समाजले जनाएको छ। पहिलो पटक प्रवासी भूमि कतारमा नेपाली पञ्चे वाजा धन्कदा सबै जना दङ्ग परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *