September 20, 2026

विश्व संगीत दिवसको अवसरमा वीरता जूनियर जेसीजद्वारा विद्यार्थीहरुलाई गिटार प्रदान

0

बिर्तामोड,

वीरता जुनियर जेसीजले विश्व संगीत दिवसको अवसर पारेर गितार हस्तान्तरण गरेको छ।

बिर्तामोड ५ स्थित सनलाइट म्युजिक स्टुडियो एण्ड स्कुलमा संगीत सिक्दै गरेका जेहेन्दार विद्यार्थीहरू मध्ये सुसन लिम्बूलाई वीरता जुनियर जेसीजले गितार प्रदान गरेको हो।

वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर विशाल थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका कोषाध्यक्ष तथा जुनियर जेसीज कोअर्डीनेटर लोकचन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आस्था वाचन वीरता जुनियर जेसीजका थिम डाइरेक्टर श्रव्या पराजुलीले र उपाध्यक्ष कृष्टीना पाण्डेले मिसन भिजन बाचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथी थापा , वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर घनश्याम चौधरी, छठ युवा फ्रन्टका अध्यक्ष अमरजीत शाह , सनलाइट म्युजिक स्टुडियो एण्ड स्कूलका संस्थापिका हेमा भण्डारी योञ्जन लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक वीरता जुनियर जेसीजका कार्यकारिणी उपाध्यक्ष साहिल ढकालले समापन गरेको कार्यक्रमको सञ्चालन महासचिव गृष्मा गौतमले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *