September 15, 2026

एक थान पेस्तोल र दुई थान खुकुरीसहित भारतीय नागरिक पक्राउ

0

झापा ।

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित बसपार्कबाट एक थान पेस्तोल र दुई थान खुकुरी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जयप्रकाश कुमार पाठक रहेका छन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले डब्लुबी ७० जी ३२३२ नम्बरको कारलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको मेक इन ईन्डिया लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल–एक थान, एयर वुलेट–५ राउण्ड, खुकुरी–२ थान बरामद गरेको हो ।

अवैध हतियार सहित पक्राउ परेका पाठकको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *