September 21, 2026

राजनीतिक फोहोर हटाउन हामी एक पटक सुन्दरहरैंचामा पस्छौ – अभियन्ता चौलागाई

0

बिराटनगर, 

युवा व्यवसायी तथा सामाजिक अभियन्ता नेत्रप्रसाद चौलागाईले मोरङको सुन्दरहरैंचा नगरपालिकामा राजनीतिक फोहोर हटाउनका लागि हामी एक पटक सुन्दरहरैंचामा पस्ने बताएका छन्।

सुन्दरहरैंचा वडा नम्बर – ३ मा महिला अधिकारका लागि राष्ट्रिय अभियान संस्थाले आयोजना गरेको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै युवा व्यवसायी तथा सामाजिक अभियन्ता चौलागाईले सुन्दरहरैंचाको राजनीतिक फोहोर सफा गर्न र विकास निर्माण गर्नको लागि एक पटक नगरभित्र पस्ने बताएका छन्।

पछिल्लो समय राजनीतिक दलहरुहरु प्रति जनताको बिश्वास गुम्दै गएको बताउदै उनले अब दलगत स्वार्थ भन्दा माथि उठेर असल व्यक्तिले नेतृत्व गर्ने बेला आएको समेत बताए। राम्रो भन्दा पनि राम्रो व्यक्तिलेको आवस्यकता रहेको बताए।

कार्यक्रममा वडा अध्यक्ष बिदुर प्रसाद ढुंगानाले तालिममा सहभागी महिला अधिकारका लागि राष्ट्रिय अभियान संस्थाले आयोजना गरेको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमले महिलाहरुमा थप बोली विकास गर्नमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता खालका कार्यक्रम ल्याउन वडाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

संस्थाकी अध्यक्ष रिता दाहालले आमूल परिवर्तनको हामी महिलाहरुले वुलन्द आवाज उठाउँदै नेतृत्व गर्ने ठाउँमा पुग्नु पर्ने त्यसको लागि एकजुट बताईन्। उनले आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने बताईन्। उनले तालिमले बोल्ने कलामा निखार ल्याउनुका साथै आत्मविश्वास बलियो बनाउएको बताईन्। तालिममा २२ जनाको सहभागिता रहेको थियो भने तालिमको प्रशिक्षक रुद्र बहादुर तामांङ रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *