September 17, 2026

झापाको चारालीमा श्री सत्य साई सेवा संगठनद्वारा स्तोत्र पाठ प्रतियोगिता सम्पन्न, बिनम्र पोखरेल प्रथम

0

दमक । बालबालिकाको सृजनात्मक प्रतिभा उजागर गर्ने उद्देश्यले श्री सत्य साई सेवा संगठन नेपालअन्तर्गत श्री सत्य साई सेवा समिति १ क को आयोजनामा स्तोत्र पाठ प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार झापाको चारालीमा सम्पन्न उक्त कार्यक्रममा श्री सत्य साई बालविकास केन्द्रको सक्रिय समन्वय रहेको थियो। कार्यक्रममा बालबालिकाको नैतिक शिक्षा, संस्कार र आत्मिक विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको थियो।

प्रतियोगितामा श्री सत्य साई केन्द्र दमकका ११ वर्षिय बिनम्र पोखरेल ले स्तोत्र पाठ्मा उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भए।

स्तोत्रको साथै विभिन्न बिधामा प्रतियोगीताहरु भएका थिए ।

प्रतिभाशाली सहभागी बालबालिकाहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिँदा अभिभावक र अतिथिहरूले प्रसन्नता व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र संस्कार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

श्री सत्य साई सेवा संगठन नेपालले मुलुकभर नैतिक शिक्षा, सेवा र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्दै यस्ता सृजनात्मक र संस्कारमूलक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *