September 21, 2026

‘पयोवस’को सचेतनामूलक कार्यक्रम सम्पन्न

0
अर्जुनधारा,पतञ्जली योग वडा समिति अर्जुनधारा–१ को आयोजनामा स्वास्थ्य सुधार तथा भान्सानै औषधालय सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयोजनमा समूहको सभाहलमा समितिकी संयोजक इन्दिरा दाहालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
सहजकर्ता पतञ्जली योग समिति झापाका महासचिव रुद्र ओलीले सहजिकरण गरेको कार्यक्रममा एक सय ८० जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, वडा सदस्य मुना खत्री, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्बर राई, नमूना बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर निरौला, सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक भेषराज खनाल, पतञ्जली योग नगर समितिका सचिव तुलसी खतिवडालगायतको आतिथ्यता रहेको थियो ।
समितिका सदस्य भद्र घिमिरेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव प्रभा नेपालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *