September 22, 2026

सुरुङ्गा।

कन्काई माविमा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

५ सय बढीको स्वास्थ्य परीक्षण गरिएको शिबिरमा नेपाल हार्ट फाउन्डेसन झापाका संस्थापक अध्यक्ष डा. सीपी यादव, बी एण्ड सी अस्पताल बिर्तामोडका मुटु रोग विशेषज्ञ डा. उमेश यादव, कनकाई नगर अस्पताल सुरुङ्गाका डा. राजकुमार धगौडा लगायतले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका थिए ।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजना र नेपाल हार्ट फाउन्डेसनको सहकार्यमा सम्पन्न स्वास्थ्य शिबिरमा बी एन्ड सी हस्पिटल बिर्तामोड र कनकाई नगर अस्पताल सुरुङ्गाको प्राविधिक सहयोग रहेको थियोे । रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुबराज उप्रेतीको अध्यक्षतामा ओपचारिक कार्यक्रम भएको थियोे ।

कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, खेमप्रसाद प्रसाईं, कन्काई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, प्रधानाध्यापक कर्णबहादुर डाँगी लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाका सेक्रेटरी स‍ोमनाथ उप्रेतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *