September 22, 2026

धौलागिरी पारिजात सहकारीका कार्यकारी प्रमुख पौडेललाई ज्यान मार्ने दिने धम्की क्षेत्री पक्राउ

0

बिर्तामोड, बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

साविक बुधबारे ६ घर भई हाल विर्तामोड नगरपालिका वडा नम्बर १ मा बस्दै आएका क्षेत्रीले बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको भन्दै शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराएको थियो । संस्थाले दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको थियो ।

क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख रुपैयाँ ऋण लगेका थिए । सो साँवाको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैयाँ ऋण पुगेको र सो को ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भिमबहादुर पौडेल घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिएपछि संस्थाले कानुनी बाटोबाट जाने जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *