September 18, 2026

सँगै रहेर पनि एक्ली तिमी
बा भएर पनि साथीविहीन तिमी
साना छ जना बच्चाहरू हुर्काउने
सबैका लागि
मूल खम्बा बनेकी बलियो आड
तिम्रो देनको नियमित चर्चा र
तिम्रो अन्त्येष्टिका सबै उपक्रम
आज समाप्त भएका छन् ।

साथमा रहेका बाले समेत
थाह नै नपाएका पीडा
थाकेको भन्न सुनाउन नचाहने
सहिष्णु आमा
बच्चाहरू रोए फकाई दिनु भन्न
पनि नसक्ने आमा
बाहिर होहल्ला छ हेर्नुस्
भन्न नचाहने आमा
बच्चा उठ्यो बत्ती बालिदिए हुन्थ्यो नि !
भनेर पनि नभनीकन
अरूलाई दुःख दिन नचाहेर
आफै उठ्ने, आफैं अघि सर्ने आमा
अब आफैं चिर निद्रामा
डुब्यौ सधैँलाई ।

बच्चा बिरामी पो भए कि भन्ने
शंका मात्रैले पनि
आफू रातभर जाग्राम बस्ने
बच्चा उठ्लान् कि !
भनि चनाखो हुनुपर्ने
साथी भए पनि एक्लो महशुस गर्नुपर्ने
सबै तिरको अप्ठ्यारो भोग्नुपर्ने
मस्त निद्रामा एकोहोरो हेर्नुपर्ने
जेसुकै होस् भनेर छोड्नुपर्ने
जिन्दगीसँग मन मोड्नुपर्ने
समयसँग पौंठेजोरी खेल्दै
अँध्यारोमा लड्दै
मनका योजनाहरू मनमै मेट्दै
एकान्तमा आफैं मात्रै धक फुकाएर रूँदै
जोडिएको आङ्कुसे
खुस्किएको चार वर्षसम्म
निराधार झुण्डिन सके पनि

आज झरेर गएको छ, एउटा जीवन
जुन समय थियो कान नै नसुन्ने पति
बोली नआउने साथी
हात हल्लाएर बोल्ने
एक्लै हाँस्ने गर्थिन्
यस्तै रहेछ भन्थिन्
आफै शरीर छोडेर गइन्
हार्दिक श्रद्धाञ्जली छ भाउजू !
पुनः श्रद्धार्पण गरेँ
पुनः पुनः गरिरहनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *