April 29, 2026

नेपाल निजामती कर्मचारी संगठनका नेता एकीकृत सरकारी कर्मचारी संगठन नेपालमा प्रवेश

0

झापा । मालपोत कार्यालय, धूलिखेलमा कार्यरत ज्ञानेन्द्र प्रसाद भण्डारी एकीकृत सरकारी कर्मचारी संगठन, नेपालमा प्रवेश गरेका छन। 
एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको २०८२ जेष्ठ १७ गते काठमाण्डूमा संपन्न पाचौ केन्द्रीय बैठकको दिन प्रमुख अतिथि पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनालबाट टीका र माला लगाएर प्रवेश गरेका हुन। उक्त अवसरमा संगठनका सलाहकार उदया शर्मा, सलाहकार सीताराम नेपाल, संगठनका इंचार्ज एवं महासंघका महासचिव राजन रेग्मी तथा संस्थापक संयोजक मोहन कुमार घिमिरेको उपस्थिति रहेको थियो।

कार्यक्रममा संगठनका अध्यक्ष याम बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने लगायत संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

झापा मेचीनगर घर भएका भण्डारी नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय परिषद सदस्य भई हाल काभ्रेपलांचौक044 जिल्लाको केन्द्रीय प्रतिनिधि रहेका थिए।
भण्डारी जेष्ठ १६ गते नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालबाट टीका ग्रहण गर्ने कार्यक्रम रहे पनि निजको कार्य व्यस्तताले एक दिन पछि सरेको थियो। भण्डारीलाई १७ गतेकै केन्द्रीय बैठकले केन्द्रीय कार्य समिति सदस्यमा मनोनयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *