June 15, 2026

आदर्श सामुदायिक प्रहरी केन्द्रको अध्यक्षमा दाहाल निर्वाचित

0

बिर्तामोड, झापाको बिर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा गोपाल दाहाल निर्वाचित भएका छन्।
आज सम्पन्न साधारण सभा एवं अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गंगाप्रसाद मैनाली सहसचिवमा चन्द्रप्रसाद गिरी र कोषाध्यक्षमा एलिजा सिटौला निर्वाचित भएका छन्।
समितिको सदस्य सचिवमा इलाका प्रहरी कार्यालय अनार बनेको प्रतिनिधि रहने प्रावधान रहेको छ।
यस्तै सदस्यहरूमा डिल्लीमाया आचार्य ,रेणुका आचार्य , गोविन्द धिमाल, हर्कजङ्ग लिम्बु , सोवित प्रसाई , जीवन सुवेदी मानबहादुर कार्की गंगाप्रसाद मैनाली रहेको निर्वाचन समितिका संयोजक राजेन्द्र चौलागाईंले जानकारी दिएका छन्।
नवनिर्वाचित अध्यक्ष दाहाललाई निवर्तमान अध्यक्ष पदम प्रसाद प्रसाईले माइनुट हस्तान्तरण गरेर पद हस्तान्तरण गर्नुभएको थियो।
अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङनामको प्रमुख आतिथ्यमा भएको साधारण सभामा अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख हरिकुमार राणा, प्रमुख सल्लाहकार हर्कलाल गिरी, चैतन्य मैनाली, राजेन्द्रकुमार थापा, पूर्व सांसद हरिचरण सेवाकोटी, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाई ,प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *