June 16, 2026

विशेषज्ञसहितको निःशुल्क आयुर्वेद शिविरमा १७२ जनाले सेवा लिए

0
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा बिहीवार विशेषज्ञसहितको एक दिने निःशुल्क आयुर्वेद शिविर सम्पन्न भएको छ ।
नसा, बाथ तथा हाडजोर्नी सम्बन्धी एवम् पायल्स, फिस्टुला, फिसरलगायत मलद्वारमा हुने रोगहरुका बिरामीहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा स्वास्थ्य जाँच, परामर्श तथा औषधी वितरण गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले जानकारी दिए ।
अर्जुनधारा–४ स्थित अर्जुनधारा स्वास्थ्य चौकीमा वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षतामा आयोजित उक्त शिविरको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयका डा.केनीन राई, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका डा. नूतन महतो, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरका डा. सुरज पन्त र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाका डा.अनिलकुमार यादवले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा १७२ जनाले सेवा लिएको बताइएको छ ।
शिविर उद्घाटन कार्यक्रममा अर्जुनधारा–७का वडाध्यक्ष गोविन्द खतिवडा, अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन औषधालय प्रमुख ठाकुरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *