June 16, 2026

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

0
किमाथाङ्का (सङ्खुवासभा), 
जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि खाना महोत्सवमा (फुड फेस्टिबल) आयोजना गरिएको छ ।
‘कोसीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान तथा कोसी प्रदेश पर्यटन वर्ष सफल पार्न आन्तरिक पर्यटन तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि खाँदबारीमा फुड फेस्टिबल’ भन्ने नाराका साथ दुईदिने खाना महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारका कक्ष राखिएका छन् । महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन पर्यटकको घुइँचो लागेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य राजिव श्रेष्ठले बताउनुभयो ।
लोप हुन लागेका स्थानीय परिकारलाई प्राथमिकतामा राख्दै आन्तरिक पर्यटनमार्फत आयआर्जन बढाउन खाना महोत्सव गरिएको उहाँको भनाइ छ । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा स्थानीयस्तरमा उत्पादित खानाका परिकार, नेवारी, राई, भोट, मगरलगायत जातिका मौलिक एवं परम्परागत खानाका परिकार राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *